• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

वेश्यावृत्तिमा लगाएको आरोपमा काठमाडौंबाट स्पा सेन्टरका सञ्चालक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं— रातोपुलस्थित एक स्पा सेन्टरमा छापा मारेर प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ ।

नुवाकोट ब्युटीपार्लर एण्ड स्पा सेन्टरका सञ्चालक दिनेश पौडेललाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
ब्युरो प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार स्पाका नाममा युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएर यौन शोषण गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको छ ।

‘त्यहाँबाट ३ जना नाबालिकालाई उद्धार गरेर उनीविरुद्ध अनुसन्धानका लागि अदालतबाट पाँच दिन म्याद लिइएको छ’, उनले भने । पौडेलविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारबाही प्रक्रिया अघि बढ्नेछ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पौडेलले गाउँका युवतीहरूलाई आकर्षित जागिर दिने भन्दै प्रलोभन देखाएर काममा लगाउने गरेका थिए । त्यसक्रममा पुरुषहरूसँग अश्लिल क्रियाकलाप गरेको भिडिओ, फोटो आफूसँग सुरक्षित छ भनेर समेत धम्क्याउने गरेको खुलेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖