• Thursday 8th of October 2026

जब आफूले पाएको पेनाल्टी रोनाल्डोले अस्वीकार गरे


  • धनकुटा खबर
  • .

रियाद । क्रिस्टियानो रोनाल्डो आफ्नो गोल गर्ने क्षमताका लागि चिनिन्छन् तर सोमबार भने अल–नासरका फरवार्डले आफूले पाएको पेनाल्टी रेफ्रीलाई नदिन आग्रह गरे ।

एसियन च्याम्पियन्स लिगमा इरानियन टोली पर्सेपोलिसविरुद्धको खेलको दोस्रो मिनेटमा ३८ वर्षीय खेलाडी विपक्षी टोलीको च्यालेन्जपछि लडेका थिए । चिनियाँ रेफ्री मा निङले टोलीलाई तत्काल पेनाल्टी पनि दिए । तर रोनाल्डोले उक्त निर्णय सही नभएको भन्दै उल्टाउन रेफ्रीलाई आग्रह गरे । त्यसपछि भिडियो एसिस्टेन्ट रेफ्रीको सहयोगमा रेफ्रीले उक्त निर्णय परिवर्तन गरेका थिए ।

रोनाल्डोको इमानदारी र भीएआरको सहयोगले पर्सेपोलिस खेलमा जोगियो । १७ औँ मिनेटमा अल नासरका अली लाजामीले रातो कार्ड पाएपछि खेल गोलरहित बराबरीमा टुङ्गियो ।

रियादमा आयोजित खेलअघि नै अल नासर प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरिसकेको छ । साउदी टोली पाँच खेलबाट १३ अङ्क बटुल्दै समूह ई को शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖