• Monday 5th of October 2026

अर्जित र रणवीरको जस्तो क्रियाकलापमा हामीले माफी पाउथ्यौंकी नाइँ ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । गत शनिबार हायाट होटेलको चौरमा भव्य साङ्गीतिक प्रस्तुति दिएका बलिउड गायक अर्जित सिंहको साङ्गीतिक प्रस्तुतिको चर्चा अझै सेलाएको छैन । फ्यानले दिएको नेपालको राष्ट्रिय झन्डा उनले काँधमा राखेर गीत गाएको कुरो धेरै नेपालीको मन जितेको छ ।

यस्तै, भारतीय रियालिटी शो ‘इन्डियन आइडल १४’ आफ्नो फिल्म ‘एनिमल’को प्रचारमा पुगेका बलिउड अभिनेता रणवीर कपुरले नेपाली चेली मेनुका पौडेलको खुट्टा छोएर आर्सीवाद लिएको दृश्यले समेत धेरै नेपालीको मन जितेको छ ।

फरक फरक प्रकारका यी दुई विषयले नेपाली गायक राजेश पायल राईको मन भने प्रश्न उब्जिएको छ । उनले आफ्नो मनमा उब्जिएको प्रश्नको सामाजिक सञ्जाल मार्फत पोखेका छन् ।

उनले लेखेका छन्, ‘अर्जित सिंहले नेपाली झन्डा ओढे जसरी या रणवीर कपुरले नेपाली चेलीको खुट्टा छोएर आर्सीवाद मागे जसरी हामी कलाकारले भारतमा भारतको झन्डा या कुनै पनि देशमा प्रस्तुति दिँदा त्यही देशको झन्डा बोकेको भए हामीले माफी र गाली पाउँथ्यौँ कि नाइँ ? जिज्ञासा ।’

राई को जिज्ञासामा धेरैले गम्भीर र सान्दर्भिक प्रश्न भनेर कमेन्ट गरेका छन् । नेपाली अभिनेत्री सुरक्षा पन्त र बेनिशा हमालले उनको बिचारको समर्थन गरेका छन् । उनीहरुले, सोचनीय विषय भन्दै सामाजिक सञ्जालमा राई को स्ट्याटस शेयर पनि गरेका छन् ।

कतिपयले सबैको कला र कलाकारलाई लिएर मन ठुलो बनाउनु पर्ने कमेन्ट समेत गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖