• Tuesday 6th of October 2026

हमासले भन्यो– सबै बन्दी हामीसँग छैनन्


  • धनकुटा खबर
  • .

काठमाडौं । हमासले सबै बन्दीहरू आफूसँग नभएको दाबी गरेको छ । केही बन्दीहरू हमासजस्तै अरू समूहसँग भएको स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

कतारस्थित हमासको उच्च स्रोतका अनुसार केही बन्दीहरू प्यालेस्टिनियन इस्लामिक जिहादसहित अरू ससाना समूहसँग रहेको बीबीसीको दाबी छ । अरू समूहसँग रहेका बन्दीहरूमध्ये २० जनालाई भेटाउन सफल भएको हमासले जनाएको छ । जसध्ये आज १० जनालाई छाड्ने हमासको तयारी छ ।

चारदिने युद्धविरामपछि थप दुई दिनका लागि युद्धविराम गरिएको छ । हमासले अहिलेसम्म ६९ जना बन्दीलाई छाडिसकेको छ । उता इजरायलले १५० बन्दी छाडेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖