• Monday 5th of October 2026

‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै प्रदीप खड्का


  • धनकुटा खबर
  • .

अभिनेता प्रदीप खड्का बलिउड फिल्ममा देखिने भएका छन्। ‘ऐरी’ मार्फत उनले बलिउडमा प्रवेश गर्न लागेका हुन्।

मंगलबार निर्माता टिमले टिजर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेका हुन्। सार्वजनिक टिजरमा अभिनेता प्रदीप खड्कालाई मात्र प्रस्तुत गरिएको छ।

फिल्मका लागि अन्य कलाकार फाइनल हुन बाँकी छ। प्रदीप खड्काका प्रेस सल्लाहकार रामजी ज्ञवालीका अनुसार फिल्ममा अधिकांश भारतीय कलाकार रहनेछन्।

जीवन थापाले निर्देशन गर्ने फिल्ममा सुवाष काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको लगानी रहने छ। सुवास काले र प्रशान्तकुमार गुप्ता प्रदीपको फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणका निर्माता हुन्।

यो फिल्मको छायांकन भारतमै हुनेछ। फिल्म हिन्दीसहित विभिन्न भाषामा पनि निर्माण हुने बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖