• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपालमा पहिलो पटक समलिंगीको विवाह दर्ता


  • धनकुटा खबर
  • .

नेपालमा पहिलो पटक समलिंगीको विवाह दर्ता भएको छ।

लमजुङ दोर्दी गाउँपालिका-२ का रामबहादुर गुरूङले नवलपरासी कावासेती नगरपालिका-८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए।
दोर्दी गाउँपालिकामा उक्त विवाह दर्ता भएको हो।

यसअघि समलिंगी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने विषयमा राय माग गर्दै पिंकी गुरूङ भन्ने संजिव गुरूङसमेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा सर्वोच्चले समलिंगी विवाह दर्ता गरी अस्थायी अभिलेख राख्न अन्तरिम आदेश जारी गरेको थियो।

राष्ट्रिय पञ्जिकरण विभागले पनि गाउँपालिकालाई उक्त आदेश अनुसार विवाह दर्ता गर्न पत्र लेखेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖