• Monday 5th of October 2026

२० करोडमा बनेको ‘१२ वीं फेल’ ले कति कमायो?


  • धनकुटा खबर
  • .

विक्रान्त मासे अभिनीत फिल्म ‘१२ वीं फेल’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ।

दर्शकले फिल्म ‘१२ वीं फेल’ लाई खुबै रूचाइरहेका छन्। सामाजिक सञ्जालमा यो फिल्मको प्रशंसा भइरहेको छ।

यति मात्र होइन सलमान खानको स्पाई थ्रिलर फिल्म ‘टाइगर ३’ रिलिज हुँदा पनि ‘१२ वीं फेल’ ले शानदार कमाइ गरिरहेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले ५० करोड ६८ लाख भारू कमाइ गरेको छ।

२७ अक्टोबरमा प्रदर्शन भएको फिल्मले पहिलो हप्ता १३ करोड, दोस्रो हप्ता १४ करोड ११ लाख, तेस्रो हप्ता ८ करोड ५४ लाख, चौथो हप्ता ९ करोड ४८ लाख, पाँचौ हप्ता ५ करोड ५५ लाख भारू कमाएको छ। फिल्मको लागत २० करोड बताइएको छ।

यो फिल्म ६०० स्क्रिनमा प्रदर्शन भएको थियो। सीमित स्क्रिनमा प्रदर्शन भएको फिल्मले यति धेरै कमाउनु भारतीय फिल्मको लागि ठूलो उपलब्धि मानिएको छ।

विधु विनोद चोपडा निर्देशित फिल्ममा विक्रान्त मेसीसँगै मेद्धा शंकर, सञ्जय बिस्नोइ, हरिश खन्नालगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖