• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विपिन हमासको नियन्त्रणमा, समाचार हेर्दै रात बिताउँछन् बाबुआमा


  • धनकुटा खबर
  • .

कञ्चनपुर— इजरायल र हमासबीच युद्धविरामको घोषणा भएपछि हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको सकुशल रिहाइको आशामा उनका बाबुआमाको दैनिकी समाचार हेरे रै बितिरहेको छ ।

हमासले पटक-पकट विभिन्न नागरिकलाई रिहा गरे पनि विपिनको कुनै समाचार नआउँदा उनका बाबुआमा साह्रै चिन्तित छन् । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर विपिनको शीघ्र रिहाइका लागि उनीहरूले आग्रह गरिरहेका छन् ।

‘कतिबेला छोरा सम्पर्कमा आउला भनेर समाचार हेर्दै बसेकी हुन्छु,’ आमा पद्माले भनिन्, ‘समाचार हेर्दै दिनरात बित्छ ।’

विपिन गत असोज २० गतेदेखि हमास समूहको नियन्त्रणमा छन् । उक्त दिन हमासले इजरायलको पश्चिमी भागका किबुचमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

नेपाल सरकारले विपिनको रिहाइका लागि विभिन्न माध्यमबाट कूटनीतिक प्रयास गरिरहेको बताएको छ । विपिनका बुवा महानन्दले सरकारी प्रयास सशक्त नभएको गुनासो गरे । उनले भने, ‘सरकारले जोडतोडले पहल गरिदिएको भए मेरो छोरा पनि हिजोअस्ति नै छुट्थ्यो कि जस्तो लाग्छ ।’

विपिन जोशीको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री मङ्सिर २३ गते कतार जाँदैछन् ।

यसअघि मङ्सिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

त्यसअघि मङ्सिर ७ गते उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖