• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस


  • धनकुटा खबर
  • .

काठमाडौंको आकाश बिहानैदेखि बादलले ढाकिएको छ।

आकाश खुलेर घाम राम्ररी नदेखिँदा तुलनात्मक रूपमा आज काठमाडौंमा बढी चिसो महशुस गरिएको छ।

मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम चापक्रम ९.२ डिग्री सेल्सियस छ। बुधबारको न्युनतम तापक्रम १०.१ डिग्री सेल्सियस थियो। आज २१ देखि २३ डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम रहने महाशाखाको पूर्वानुमान् छ।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार राजस्थानमा बनेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण काठमाडौंमा आज चिसो महशुस भएको हो।

काठमाडौंमा आज दिनभरी आकाश राम्ररी नखुल्ने उनले बताए। त्यसो हुँदा हिजो अस्तीको तुलनामा आज काठमाडौं केही चिसो हुनेछ।
भोलिदेखि भने काठमाडौंको मौसममा सुधार आउने अधिकारीले जानकारी दिए।

‘आज दिनभरीजसो नै राम्ररी घाम लाग्ने जस्तो देखिँदैन, भोलि सुधार देखिने सम्भावना छ,’ उनले भने।

आज मधेश प्रदेश लगायत पूर्वी भूभागमा मौसम बदली हुँदा केही चिसो बढेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖