• Monday 5th of October 2026

यी धनाढ्यसँग बिहे गर्दै शृंखला खतिवडा


  • धनकुटा खबर
  • .

मिस नेपाल-२०१८ शृंखला खतिवडा र कान्तिपुर पब्लिकेसनका प्रबन्ध निर्देशक सम्भव सिरोहिया विवाह गर्दैछन्। उनीहरूले मंसिर २८ गते विवाह गर्न लागेका हुन्। असोज २८ गते शृंखलाले इन्स्टाग्राममार्फत आफू सम्भवसँग प्रेममा रहेको सार्वजनिक गरेकी थिइन‍्।

‘मंसिर २८ गते विवाहको लगन जुरेको छ,’ शृंखलाका बुवा विरोध खतिवडाले भने, ‘सम्भव सिरोहियासँग विवाह हुन लागेको हो।’

शृंखला सन् २०१८ मिस नेपालकी विजेता हुन्। उनी पेशाले इन्जिनियर हुन्। उनी हालै हार्वर्ड विश्वविद्यालयमा स्नातकोत्तर पढेर फर्केकी हुन्।

केही महिनाअघि सम्भव कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए। यसअघि कान्तिपुरको प्रबन्ध निर्देशक कैलाश सिरोहिया थिए। सम्भव कैलाशका छोरा हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖