• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

३५ बर्षिय शिक्षण पेशाबाट अबकास पाए पछि एसपिए कलेजमा कानुन पढ्दै बझाङका ६३ बर्षिय सिंह


  • धनकुटा खबर
  • .

बझाङ – मानिस अनुसार आफ्नो आफ्नो जीवन बिताउने सबैको आ आफ्नो तरिका हुन्छ । भनिन्छ मानिस बुढो हुन्छ तर शिक्षा कहिल्यै बूढो हुदैन यसको जलन्त उदाहरणको रुपमा लिन सकिन्छ बझाङका गणेश बहादुर सिंहलाई ।

सिंह २०१७ सालमा बझाङको बुङ्गल नगरपालिकामा जन्मिए हुर्किए ठूलो हुँदै गए उमेर सङ्गै जिम्मेवारी थपियो । थपिएको जिम्मेवारी सङ्गै सिंहले आफ्नो जीवन गुजार्ने राम्रो तरिकाको रुपमा शिक्षण पेसा रोजे ।

शिक्षक बन्न उनलाइ धेरै समय लागेन सिंह २५ बर्षका हुदा २०४२ सालमा स्थायी भइ शिक्षण पेसामा आबद्ध भए । आफ्नो शिक्षण पेसालाई अगाल्ने क्रममा उनले पहिलो बिद्यालयको रुपमा महादेव माध्यमिक बिद्यालय रोजे त्यसको केही समयमै फेरि सरुवा भएर भवानी प्राबी मजिवनमा रहे र अन्तिममा उनले बझाङ्गकै बुङ्गल नगरपालिका वडा नम्बर ७ मा रहेको दुर्गम अनि बिकट ठाउमा रहेको दुर्गा प्राथमिक बिद्यालय चिल्ठा रोजे ।

शिक्षक सेवाको लगभग ३५ बर्ष कार्यकालमा सबै भन्दा बढि समय उनले दुर्गा प्राथमिक बिद्यालय चिल्ठामा प्रधानाध्यापकको रुपमा रहि त्यही बिध्यालबाट अबकास प्राप्त गरे ।

सानै देखि फरकपनको हुटहुटी भएका सिंहले सफलता पुर्वक आफ्नो को शिक्षणकाल पूरा गरे र अबकाश प्राप्त गरे ।

शिक्षण पेसामा हुने बेला देखि नै सामान्य कानुनी कुराहरुमा चासो राख्ने र अरु भन्दा धेरै ज्ञान भएकोले पनि सिंह नजिकका कोहि कसैले प्रहरी निवेदन , तमसुक जस्ता कानुनी कागजातहरु बनाउनु परेमा उनलाई नै सम्झिने गर्थे।

सानो तिनो कानुनी कागजात र निबेदनहरु सम्बन्धि गाउँघरका विशेषज्ञका रुपमा रहेर लेख्ने बानी परेका सिंहलाई आफ्नो शिक्षण पेसाको अबकाश पछिको जीवन अधिबक्ताको रुपमा बिताउन मन लाग्यो र उनले धनगढीमा रहेको सुदुरपस्चिमान्चल एकेडेमी ( एसपिए) कलेजमा कानुन संकायमा भर्ना भए ।

६३ वर्षिय सिंहले आफ्नो बुढेसकालको समय बिताउन कानुन संकाय नै उत्कृष्ट रहेकोले आफुले यश विसयलाइ रोजेको बताए ।

उनले भनेका छन ” धेरै जसो ब्यक्तीहरुले केही काम गरे पछि आफ्नो अबकास पछिको जीवन के गर्ने कसरी बिताउने भन्ने दोधार मै सकिन्छ , तर मैले पहिले नै योजना बनाएर राखेको थिए कि म कानुन पढ्छु र सोही योजना अनुरुप नै भर्ना भएको हु ।”
उनले भने “मलाइ सानै देखि वकिल बन्ने चाहाना थियो तर शिक्षण पेसा रोज्नु पर्यो त्यस्मा केही अपसोस छैन मैले जसरी नि सेवा गरे मैले कयौं विशेष ब्यक्ती जन्माएको छु , मलाई त्यस्मा गर्व छ ।”

यस शैक्षिकसत्रमा मा उनले एसपीए कलेजमा भर्ना गराएका हुन ।
६३ बर्षमा आफू सुरुको दिन कलेज भर्ना हुदा सङ्गै पढ्ने साथीहरुले बाजे भने त्यस्मा केही नरमाइलो लागेको भए पनि दोस्रो तेस्रो दिन देखि आफुलाइ सबैले साथी भन्न लागे त्यसमा म खुशी भए उनले भने ।

पहिलो दिन कलेज जाने बित्तिकै सरहरु नै अचम्मित भए तर मैले सबै आफ्नो इच्छा अनुसार गर्न आएको र कानुन पढ्नु आफ्नो रहर भएको बताए पछि सरहरुले पनि सिंहको तारिफ गर्न थाले ।

अहिले उनी ६३ बर्षको बुढो नभएर भर्खर कलेज पढ्ने युवाको जस्तो जोस जागरका साथ टाइ बेल्ट र ड्रेसमा सजिएर बिद्यालय जाने गरेका छन ।

आफू अहिले सुटबुट र टाइबेल्टमा सजिएर कलेज जान लागेको र भोलि कालो कोटमा सजिएर लेखापढिको काम गर्ने इच्छा आफुमा रहेको सिंहले जानकारी गराएका छन ।

सिंहका जेठा छोरा पनि हाल शिक्षण पेसामै रहेर घर नजिकैको बिद्यालयमा प्रधानाध्यापकको रुपमा काम गर्दै आउनु भएको छ भने कान्छा छोरा ठेकेदार हुन ।

सिंहले आफुले पैसा कमाउने सोच भन्दा गरिब दुखी र अन्याय अत्याचारका बिरुद्ध बोल्नका लागि उक्त पेसा रोजेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖