• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नगरपालिकाका सब-इन्जिनियर टीकाराज राई घुससहित पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका सब-इन्जिनियर टीकाराज राईलाई ८० हजार रुपैयाँ घुस लिएको आरोपमा रङ्गेहात पक्राउ गरेको छ ।

बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव-इन्जिनियर राईले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले राईलाई सेवाग्राहीबाट ८० हजार घुसररिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित बुढानिलकण्ठ नगरपालिका वडा नं। ७ बाट नियन्त्रणमा लिएको अख्तियारे जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖