• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा युवक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा काठमाडौँबाट एक युवक पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका–३२ स्थित नाककाट्य मन्दिर नजिक सडकबाट सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा बारा सिमरा नगरपालिका–१४ घर भएका ठमेल बस्ने २३ वर्षीय रोहन शाहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

शाहले सोही महानगरपालिका–३२ नाककाट्य मन्दिर नजिक सडकमा हिँडिरहेकी २२ वर्षीया युवतीको सुनको सिक्री लुटपाट गरेका थिए । लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई लुटी लगेको सिक्रीसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖