• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

प्रेमिकाले धोका दिएर जापान उडेपछि यस्तो स्टाटस लेख्दै मलेसियामै आत्महत्या, मेरि प्यारि माया…


  • धनकुटा खबर
  • .

म फेरि आउने अर्को जुनिमा तेइ घर मा तेइ समाजमाआउने तेइ मान्छे भयर रमाइलो गर्नी छु तेइ ठाँउ मा यो जुनि मा यस्तै भयो रहर सपना धेरै थिय नि के गर्नु कोसै को पिडा यातनाले मलाई बाचन दियन नामर्द भनेर नसोचनु मेरो ठाँउ बसेर हेर्नुस् कति गारो छ भनेर मर्न त्यति सजिलो त थियन घर को जिम्मेवार बोकेर आय को थिय😥

मेरि प्यारि बहिनी धेरै नाम इज्जत कमाउनु घर को
धेरै पढनु आफ्नो इज्जत सम्झिनु
आज कोसैले म माथी नराम्रो गरेर मैले यस्तो गर्नु पर्नी बाध्य भयो अर्को जुनि मा आउछु बहिनी तिमी लाई धेरै माया गर्नी गरि 😥❤️

बाबा😥
म घर को कान्छो छोरा जो हजुरको सहारा थिय हजुरको
सहारा बन सकिन 😥 मन त थियो हजुर लाई राम्रो ठाँउ राखनी हेरचाह गर्नी कति धेरै आस सपना बोकेर आय को मान्छे म हजुर को प्यारो छोरा बन सकिन अर्को जन्म मा हजुर्कै छोरा बनेर आउने छु 😥

मेरि प्यारि माया
मलाई तिम्रो बारे मा लेखन मन त थियन फेरि मन मानेन्😥
म तिम्रो तारिफ कसरी गरुम म सम्झिन छु तिमी ले म सङ्ग खाय को कसम म सम्झिन छु तिमि ले म सङ्ग बिहे गरे को त्यो पल आखिर के को लागि यो सब गयौ सपना पूरा गर्न लाई आफ्नो मान्छे यति सम नि हुने रहेछ न म धेरै लेखन चाहिन
तिम्रो बारे मा लेखदा रात बित छ घर को इज्जत सम्झिनु
मलाई जस्तो गरेको छौ भोलि को दिन मा त्यो मान्छे लाई यस्तो
नगरनु मा बेजत् गर्न खोजेन्को होइन तिम्रो मात्र सम्झाको हुम
हुन त सम्झौदा सम्झौदा 2 बर्ष भयो तिमी जति नै बुझने कुरा गरछौ त्यतिनै नराम्रो काम धेरै पैसा कमाउनु म सङ्ग चिट जति
गरे को छौ नि अब चाहि नगर्नु लाग ! थियो अरु ले बोले को झुठो होला तर होइन रहेछ अब आफ्नो आखा ले नै देखि रहेको छु म कसरी माफी दिम प्यारी तिमि के बोले को sorry सुन्दा सुन्दा आज मा यो ठाँउ पुग्न पर्यो ! plz बिन्ती छ जस्तो मलाई गरेर छोडेर गय कि छौ नि अब त्यो मान्छे लाई नगरौनु
यदि मैले गलत गरे को थिय भने मेरो नि बहिनी छ उ पनि केटी मान्छे को भोलि दिन मा देखिन छ
मेरो पैसा सबै मेरो घर दिनु दाइ छ बहिनी छ 🙏
लाग थियो आज नभय नि भोलि बुझछ होला 😥
म मरेर गय नि तिमी ले मेरो माया कहिले बुझदै नौ
तिमि गए को ठाँउ मा अरु नि छन सबै ले यस्तै गरे को छ होला त सायद घाम पानी नभनेर रगत पसिना मैले बगाएर तिम्रो
रहर पूरा गर्दिय को थिय आज यहीँ देखन लाई होला
बिन्ती छ तिमी लाई म मरेर गय नि माफी दिन सक्दिन 🙏😥
तिम्रो लागि संसार छोडेर आय को थिय
हसि हसि संसार छोडेर जाँदै छु bye
Miss you so much aama 😥
Good bye all bida🙏😥

यो स्टाटस वैदेशिक रोजगारीको लागि डेढबर्ष पहिले मलेसिया गएका राजु डाँगीलेलेखेका हुन् । उनले आफ्नो फेसबुकमा यही स्टाटस लेख्दै आफ्नो घाँटीमा पासो लगाएर आत्महत्या गरेकाछन्।

मलेसियाको पेरमाइह रिसोर्स सप्लायर कम्पनीसंग आवद्ध रहि वैधानिक हैसियतमा केलाङ् पुलाउ इँन्डाह स्टार क्रुइस् भन्ने ठाउँमा काम गर्दै आएका नेपाल सल्यान जिल्ला कपुरकोट गाउँपालिका वडा नम्बर ४ गारापानी डाङ्गीटोल निवासी राजु डाङ्गिले आईतवार साझ करिब ०५:०० देखि ०६:०० बजेको बिचमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको सोही कम्पनीमा काम गर्ने प्रत्यक्षदर्शी नेपाली कामदारले बताए।

आत्महत्या गर्नुभन्दा पहिले २१ बर्षिय युवा राजुले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत पोस्ट गरेको स्टाटस हेर्दा श्रीमतीले धोका दिएपछि पीडा सहन गर्न नसकेर आत्महत्या गर्न पुगेको बुझिन्छ । तर राजुले ती नाम भने खुलाएको छैन ।

जानकारी अनुसार आईतवार एउटै रुममा राजुसंगै बस्ने सोही कम्पनीको अन्य २,३ जना कामदारहरु पनि विदामा बसेका थिए । अन्य कामदार साथीहरु विदाको सदुपयोग गर्न बाहिर घुमघाम गर्न गएको बेला राजुले आफू एक्लै भएको अवस्थामा आत्महत्या गरेका हुन् ।

साथीहरु घुमेर रुम आएर ढोका खोल्दा राजु झुन्डिएको अवस्थामा रहेको फ़ेला परेपछि स्थानीय नागरिकको सहयोगमा प्रहरीलाई फोन गरी प्रहरी आएर शवलाई पोस्टमार्टम गर्नको लागि अस्पताल लगिएको छ।

शवको पोस्टमार्टम भैईरहेको छ , पोस्टमार्टम सकिए पश्चात् आत्महत्या वा हत्या टुंगो लागिसके पछि नेपालमा मृतक राजुको घरपरिवार र म्यानपावर एजेन्ट अनि मलेसियास्थित नेपाली दूतावासको सहयोग समन्वयमा राजुको मृत शव नेपाल पठाइने राजु कार्यरत रोजगारदाता कम्पनीको मालिकले फोन सम्पर्कमा बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖