• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

माल्टा पठाईदिन्छु भन्दै ६ लाख ठग्ने लक्ष्मी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । बैदेशिक रोजगारीका लागि माल्टा पठाइ दिन्छु भन्दै ६ लाख ८ हजार रूपैयाँ ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-१ घर भएकी २९ वर्षीया लक्ष्मी श्रेष्ठलाई २०८० मंसिर १५ गते शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक एक लाख रूपैयाँ तलबमा काम लगाइ दिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक-पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको बाफलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖