• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कार दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु


  • धनकुटा खबर
  • .

एजेन्सी । दक्षिण पाकिस्तानमा सडक दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा एउटा कार खाडलमा खस्दा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटना प्रान्तको शिकारपुर जिल्लामा भएको थियो । बाक्लो कुहिरोको कारण, चालकले आगामी तीव्र मोडको गम्भीरता आँकलन गर्न सकेनन् र गाडी सडकबाट खाल्डोमा खसेको हो ।

मृतकहरू एकै परिवारका सदस्य थिए । जो दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट जिल्लामा घर फर्किँदै थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖