• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कुकरमा फसेको बालिकाको टाउको डाक्टरले पनि निकाल्न सकेनन्, पछि बाध्य भएर यसो गरियो !


  • धनकुटा खबर
  • .

भारत गुजरात स्थित भावनगरमा एक बालिका घरमा खेल्दै थिइन्। घरमा भएको प्रेसर कुकरसँग खेल्दा-खेल्दै यस्तो भयो की उनले आफ्नो टाउको कुकरमा घुसाइन।

घरमा उनका परिवारजनले बालिकाको टाउको कुकरबाट निकाल्न अनेक प्रयास गरे। उनीहरु लगाएका अनेक जुक्ति केहिले पनि कम गरेनन्।

सपश्चात उनीहरु बालिकालाई अस्पताल लैजान बाध्य भए। त्यहाँ डाक्टरहरुले पनि कुकरबाट बालिकाको टाउको निकाले प्रयास गरे। तर, उनीहरु पनि सफल हुन सकेनन्।

बालिकाको टाउको कुकरबाट निकाल्न अर्थोपेडिकदेखि बाल चिकित्सा विभागका डाक्टरहरु सबैले आफ्नो-आफ्नो तरिका अपनाए, सफलता भने कसैले पनि पाउन सकेनन्।

आफूहरुले नसक्ने देखेपछि उनीहरुले भाँडा पसलको मान्छेलाई बोलाएर कुकर काट्न लगाए। सावधानीपूर्वक कुकर काटेपश्चात मात्रै बालिकाको टाउको निकालियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖