• Tuesday 6th of October 2026

गाजामा मानवीय सहायता रोकिएको संयुक्त राष्ट्रसंघको चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौं । इजरायल र हमासबीचको अस्थायी युद्धविराम समाप्त भएपछि गाजामा कुनै पनि सहायता पुगेको छैन।

प्यालेस्टाइनी शरणार्थीहरूको लागि काम गर्ने संयुक्त राष्ट्र राहत एजेन्सी (युएनआरडब्लुए) ले यो जानकारी दिएको हो।

युएनआरडब्लुएकी प्रवक्ता जुलिएट टौमाले बीबीसीलाई बताएअनुसार गाजा पूर्ण नाकाबन्दी र घेराबन्दीमा रहेको हप्तौं पहिलेको अवस्था फर्किने डर छ।

उनले मानवीय सहायता पुनः सुरु गर्न र युद्धविराम कायम गर्न निरन्तर प्रयास भइरहेको बताइन् ।

टौमाले भनिन् ‘हामी गाजामा मानवअधिकार उल्लङ्घनको सुनामीको छेउमा उभिरहेका छौं ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖