• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ५ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँमा अनलाइनलाई माध्यम बनाएर यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । शनिवार उनीहरूलाई काठमाडौँको दरबारमार्ग र नयाँ बानेश्वर लगायतका ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा घर भएका २७ वर्षीय छत्र बहादुर रोक्का, ओखलढुङ्गाका ३३ वर्षीय गोपाल थापा, सिन्धुली घर भएका ४४ वर्षीय सेते सार्की, सल्यान घर भएका २५ वर्षीय शिवराज परियार र नुवाकोट घर भएका ३० वर्षीय अमृत रोका छन् । सामाजिक सञ्जाल ह्वाट्स एप मार्फत आरोपीहरूले माग अनुसार युवतीहरूलाई यौन सम्पर्कका लागी पठाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रेग्मीका अनुसार आरोपीहरूले ग्राहकले बोलाएको ठाउँमा युवतीहरूलाई पठाएर कमिसन लिने गरेका हुन् ।

आरोपीहरू नयाँ बसपार्क र तिलिङ्गेटार लगायतका ठाउँबाट पक्राउ परेका हुन् । उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖