• Thursday 8th of October 2026

टोटनहमसँग बराबरीमा रोकियो सिटी, रेफ्रीको भूमिकाप्रति हालाण्डको आपत्ति


  • धनकुटा खबर
  • .

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी टोटनहमसँग बराबरीमा रोकिएको छ।

इतिहाड स्टेडियममा गएराति भएको खेल ३-३ गोलको बराबरीमा रोकिएको हो।

खेल सकिएपछि सिटीका स्ट्राइकर एर्लिङ हालाण्डले रेफ्रीको भूमिकाप्रति असन्तुष्टि पोखेका छन्।

खेलको इन्ज्युरी समयमा हालाण्डलाई टोटनहमका खेलाडीले फाउल गरेका थिए। हालाण्डले आफूलाई सम्हाल्दै बल ज्याक ग्रिलिसलाई पास गरेका थिए।

ज्याक ग्रिलिस गोलतर्फ अग्रसर हुँदै गर्दा रेफ्री साइमन हुपरले सिटी बजाएर फाउलको संकेत गरेका थिए। रेफ्रीको सो भूमिकालाई लिएर सिटीका खेलाडीहरूले मैदानमै विरोध जनाएका थिए।
हालाण्डले उक्त क्षणको भिडिओ अंश एक्स(ट्वीटर) मा राख्दै रेफ्रीको भूमिकाप्रति आपत्ति जनाएका छन्।

त्यसअघि सिटी र टोटनहम ३-३ गोलको बराबरी अवस्थामा थिए।

सोन ह्युङ मिनले छैटौं मिनेटमा गोल गर्दै टोटनहमलाई सुरूवाती अग्रता दिलाएका थिए। लगत्तै नवौं मिनेटमा उनैले आत्मघाती गोल गर्दा सिटी खेल बराबरीको अवस्थामा पुगेको थियो।

३१ औं मिनेटमा फिल फोडनले गोल गर्दै टोटनहमलाई एक गोलले पछि पारेका थिए। दोस्रो हाफको ६९ औं मिनेटमा टोटनहमका जियोभेनीले गोल गर्दै स्कोर बराबरी गरे।

८१ औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दा सिटीले पुनः अग्रता लिएको थियो। तर ९० औं मिनेटमा डेजनले गोल गर्दा स्कोर ३-३ को बराबरीमा पुगेको थियो।

टोटनहमसँग बराबरी खेलेको सिटी १४ खेल खेलर ३० अंकसहित तेस्रो स्थानमा छ। बराबर खेलेको टोटनहम २७ अंकसहित पाचौं स्थानमा छ।
आर्सनल र लिभरपुल क्रमशः पहिलो र दोस्रो स्थानमा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖