• Monday 5th of October 2026

रहेनन् ‘सिआइडी’ का कलाकार दिनेश फडनिस


  • धनकुटा खबर
  • .

भारतीय टेलिशृंखला ‘सिआइडी’ का कलाकार दिनेश फडनिसको निधन भएको छ।

मंगलबार मुम्बईस्थित तुंगा अस्पतालमा उनको निधन भएको हो। उनको निधन भएको खबर सिआइडीमा दयाका भूमिकामा देखिने दयानन्द शेट्टीले पुष्टि गरेका हुन्।

‘दिनेश लामो समयदेखि बिमार थिए। उनलाई हृदयाघात भएको थिएन। तर स्वास्थ्यमा समस्या देखिएको थियो। मल्टिपल अर्गन फेल भएको कारण उनको निधन भएको हो,’ उनले भने।

उनको अन्तिम संस्कार दौलत नगर श्मशान गृह, बोरिवली पूर्वमा गरिने भएको छ। गतशुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

दिनेशले ‘सिआइडी’ सँगै अन्य टेलिशृंखला र फिल्ममा अभिनय गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖