• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

भारतीय प्रहरीको फरार सूचिमा रहेका कुख्यात अपराधी सिंह नेपालमा


  • धनकुटा खबर
  • .

काठमाडौ । भारतको जम्मु कश्मिर राज्यका फरार अपराधी नेपाली नागरिक रहेको खुलासा भएको छ ।

भारतीय प्रहरीको फरार सूचिमा रहेका कुख्यात अपराधी अमरजीत सिंह प्राप्त खबर अनुसार नेपाली नागरिकता लिएर नेपालमै व्यवसाय गरेर बसेको गरिरहेको रहष्य उजागर भएको छ ।

पंजाबलाई छुट्टै देश बनाउन सशस्त्र विद्रोह गर्दै आएका खालीस्तानी संगठनसँग कनेक्सन रहेका गुरुबचन सिंहका छोरा अमरजीत सिंहलाई भारतीय प्रहरीको मोस्ट वाण्टेड सूचिमा राखेर खोजी गर्न थालेपछि यतिखेर उनी भेष बदलेर नेपाली नागरिकता समेत प्राप्त गरी नेपालमै व्यवसाय गरिरहेको निकट स्रोतको दाबी छ ।-यात्राडेलीबाट

सशस्त्र पृथकतावादी संगठन खालीस्तानीसंगठनको सदस्य रहेको भन्दै गान्धीनगर थानामा उनीविरुद्ध मुद्दा दर्ता भएपछि उनी भागेर नेपाल आएको नाम र भेष परिवर्तन गरि बस्दै आएका अमरजित सिंहले नक्कली कागजात खडा गरी नेपाली नागरिता लिएर व्यवसाय गर्दै आएका छन् ।

जोनल हेड क्वार्टर्स, क्राइम ब्रान्च जम्मूको खोजी सूचिमा रहेका अमरजीत सिंहको खोजीका लागी अहिले सुचना समेत जारिगरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖