• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अब निजी गाडी भाडामा लगाउन नपाइने


  • धनकुटा खबर
  • .

पोखरा । पोखरामा अबदेखि निजी गाडी भाडामा लगाउन नपाइने भएको छ । लेकसाइड र अन्य क्षेत्रमा व्यक्तिहरुले निजी गाडीलाई भाडामा राख्ने गरेका थिए ।

विभिन्न पसलहरुमा निजी गाडी, मोटरसाइकल र स्कुटर भाडामा राखेको सूचना बोर्ड प्रहरीले हटाइदिएको छ ।

वडा प्रहरी कार्यालय बैदाम र पोखरा महानगरपालिकाको टोलीले ४५ भन्दा बढी पसलबाट बोर्ड हटाएर निजी सवारी साधन भाडामा नलगाउन सचेत गराइएको हो ।

‘बाइक अन रेण्ट’ लेखिएका ५५ वटा बोर्ड हटाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर भुवन बरामले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖