धनगढी । धनगढी ६ लेन सडकमा भारतीय नम्बरको गाडी दुर्घटना भएको छ ।
धनगढी छ लेन सडक खण्डको भाट भटेनी अगाडी भारतीय गाडी गएराति दुर्घटना भई मिडियमा लगाएको तारजाली तोडीएका छन् । तारजालीसहित २० वटा पोल भाचेर निकै अगाडि पुगेको गाडी पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
मानवीय क्षति भने भएको छैन् । तारजाली तोड्ने भारतीय एम एच ४ सी टी ९६५४ नम्बरको गाडी नियन्त्रणमा लिइएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
