• Tuesday 6th of October 2026

श्रीमती र छोराछोरीको हत्या गरेपछि डाक्टरले गरे आत्महत्या


  • धनकुटा खबर
  • .

नयाँदिल्ली। उत्तर प्रदेशको रायबरेलीमा एक डाक्टरले आफ्ना दुई छोराछोरी र श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन्।घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले सबै शव आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि पठाएको छ। डिप्रेसनबाट पीडित पुरुषले पहिले श्रीमती र छोराछोरीको हत्या गरेपछि झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

प्राप्त जानकारी अनुसार रायबरेलीका एक डाक्टरले आफ्नी श्रीमती र दुई निर्दोष बच्चाको हत्या गरी झुण्डिएर आत्महत्या गरेको आरोप लागेको छ। यो घटना आइतबार भएको बताइएको छ। त्यसपछि उक्त क्षेत्रमा डाक्टर र उनको परिवार देखिएन। दुई दिनसम्म अस्पताल नआएपछि डाक्टरका सहकर्मी उनको घर पुगेपछि घटनाबारे थाहा पाएका थिए।

एकै परिवारका चारजनाको मृत्युको घटनाले सो क्षेत्र त्रसित बनेको छ। घटनाको जानकारी पाएपछि रायबरेलीका एसपी आलोक प्रियदर्शीसहितको प्रहरी टोली घटनास्थलमा पुगेर घटनाको नजिकबाट निरीक्षण गरेको थियो।

सो क्रममा प्रहरीले मृतकको शव आफ्नो नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि पठाएको छ। पहिले बालबालिकालाई मादक पदार्थ खुवाएर बेहोस बनाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। त्यसपछि डाक्टरले श्रीमतीको पनि हत्या गरेका थिए।

जानकारी दिँदै एसपी आलोक प्रियदर्शीले आँखा विशेषज्ञ डाक्टर डिप्रेसनबाट पीडित रहेको बताए। छोराछोरीको हत्यापछि बाबुले हातको नस काटेर आत्महत्या गर्ने प्रयास गरे पनि सफल नभएपछि उनले झुण्डिएर आत्महत्या गरेका हुन् । बालबालिकामा १४ वर्षकी बालिका र ४ देखि ५ वर्षका बालक रहेका छन् भने मृत्युको कारण पोष्टमार्टम पछि खुल्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖