• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

यी रहेछन् युक्रेनमा यूद्धबन्दी रहेका नेपाली युवा, परिचय खुल्यो


  • धनकुटा खबर
  • .

युक्रेनमा युद्ध बन्दीका रूपमा सार्वजनिक भएका नेपाली काभ्रे मण्डन देउपुर–६ का २२ वर्षीय सिद्धार्थ ढकाल रहेको खुलेको छ।

स्थानीय किसान विदुर ढकालका एक्ला सन्तान सिद्धार्थ दुई महिना अघि रुस पुगेको सोही वडाका वडा अध्यक्ष एवं परिवारका नजिकका सोमप्रसाद ढकालले जानकारी दिएका छन्।

उनका अनुसार सोही गाउँका अन्य ३ सहित सिद्धार्थ अध्ययनका लागि रुस पुगेको ढकालले जानकारी दिए। ‘बाकी साथीहरू कलेजमै पढ्दै छन्,’ उनले भने, ‘कलेजमा पढ्ने पैसा नभएपछि सिद्धार्थ कामको खोजीमा रुसी सेनामा भर्ती भएका हुन्।’

उनी रुसी सेनामा भर्ती भएको खबर आफूले थाहा पाएपछि जोगिएर काम गर्नु भनेको समेत ढकालले सुनाए। परिवारले उनी पक्राउ परेको समाचार सोमबार थाहा पाएको उनले सुनाए।

‘परिवारमा रुवावासी चलेको छ,’ उनले भने, ‘हामी उनको रिहाइको पहलको लागी दौडधुपमा छौ।’

परिवारका अन्य सदस्य सिद्धार्थको रिहाइको लागी पहल गरिदिन मंगलबारनै परराष्ट्र मन्त्रालय पुगेको थियो। आजै उनीहरू ढकालको रिहाइका लागी पहल गरिदिन प्रधानमन्त्रीलाई भेट्दै छन्।

भर्खरै सार्वजनिक भएको भिडियोमा सिद्धार्थले आफू अहिलेसम्म सकुशल रहेको र उद्धार गरिदिन सरकारसँग आग्रह गरेका थिए। सामाजिक सञ्जालमा राखेको भिडियोमा उनले आफ्ना बुबा–ममीलाई सम्झँदै उद्धारका लागि आग्रह गरिएको छ।

‘बुबा–ममी नमस्ते, म अहिलेसम्म यहाँ ठिकै छु, पछि के हुन्छ थाहा छैन,’ उक्त भिडियोमा भक्कानिएको स्वर सुनिन्छ, ‘यहाँ अन्य नेपाली पनि छन्, प्रधानमन्त्रीलाई भनेर हुन्छ कि, के गरेर हुन्छ, चाँडै निकाल्नु¥यो। अहिले म यहाँ देश र बुढाबुढी बुबा–ममीलाई सम्झिरहेको छु। एउटा छोरा भनेर बुबा–ममीले धेरै पिर गर्नुभएको होला, मैले यहाँबाट उहाँहरूलाई पनि धेरै सम्झेको छु।’ -उपेन्द्र लामिछाने/नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖