• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विराटनगर आगलागी घटनाका चारजना घाइतेलाई काठमाडौं लगियो


  • धनकुटा खबर
  • .

विराटनगर । विराटनगरमा कबाडी गोदाम भएको आगलागीमा परेर घाइते भएका चारजनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसमा नेपाली सेनाको जहाजबाट चारजनालाई काठमाडौं लगिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार विराटनगर–६ की ६५ वर्षीया सुशीला पासवान, सोही वडाकी ६० वर्षीया रिता सरदार, ५८ वर्षीय किशोर कामत र मोरङ कटहरी गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया पिंकी कामतलाई काठमाडौं पठाइएको हो । रिता सरदार र सुशीला पासवानको स्वास्थ्य अवस्था गम्भीर छ ।

उनीहरूको काठमाडौंमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुने छ ।
विराटनगर महानगरपालिका–७ सातघुम्तीस्थित गोदाममा बुधबार अपराह्न आगलागी हुँदा दुईजनाको मृत्यु भएको थियो ।

जसमध्ये ३० वर्षीय दिपक मण्डलको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मत्यु भएको हो । एक महिलाको शव गोदाममै जलेको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖