• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

धरौटी बुझाउन नसकेपछि छुटेनन् टेकनाथ रिजाल


  • धनकुटा खबर
  • .

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको अभियोग लागेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिए पनि उनी छुटेका छैनन् ।

मंसिर १५ गते अदालतले रिजालसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । तीमध्ये ६ जना धरौटी बुझाएर छुटिसकेका छन् ।

उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको इजलासले रिजाललाई १५ लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएका थिए ।

रिजालले अदालतको आदेशलगत्तै कारागारको आन्तरिक प्रशासनका कर्मचारीसँग आफूले उक्त धरौटी बुझाउन नसक्ने प्रतिक्रिया दिएका थिए । उनले धरौटी नबुझाएकै कारण बिहीबारसम्म पनि थुनामै छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖