• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एनसेलले लुटको खेती गरीरहेको छ : नेता शर्मा


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर २२ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले एनसेल आजियटा लिमिटेडले लुटको खेती गरिरहेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुमा लेख्दै उनले एनसेल सन् २०२९ मा जनताको हुने देखेर स्वामित्व नछोड्ने साजिस रचेर जालझेल सुरु भएको उनले बताएका हुन् ।

उनले लेखेका छन्, ‘जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षत विक्षत हुँदा, उता एनसेलको सेयर धुली साफ भएछ। ०२९ मा जनताको हुने देखेर स्वामित्व नछोड्ने साजिस रचेर लुटको खेती गरी रहेको छ।’

शर्मा पछिल्लो समय रुकुम पश्चिममा भूकम्पपछि भुकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण कार्यपुनर्निर्माणमा खटिइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖