• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौं बसेर संसारका १६९ वटा तारे होटल हाँकिरहेका राहुल


  • धनकुटा खबर
  • .

‘कर्पोरेट पुस्ता २.०’ नेपालका व्यावसायिक घरानामा हुर्किँदै गरेको नयाँ नेतृत्वको कथा हो। राहुल चौधरी त्यही पुस्ताको एउटा सशक्त नाम हो।

बीस वर्षअघि न्यूयोर्कको डबल ट्री हिल्टन होटल किन्दा राहुल बीसै वर्षका थिए। त्यो नेगोसिएसन सबै उनी आफैंले टुंग्याएका थिए। तनावले भरिएको समय सम्झिँदै राहुल भन्छन्, ‘त्यो कठिन सम्झौतालाई म आफ्नो जिन्दगीकै सबभन्दा ठूलो सिकाइ मान्छु।’

— त्यसपछि उनी निखारिँदै गए। संसारको एक कुनादेखि अर्को कुनासम्म भव्य होटल खोल्दै गए। कति होटल उनले खोजेर भेटे, कति उनलाई खोज्दै आए। अहिले उनीसँग नेपाल, भारत, श्रीलंका, चीन, माल्दिभ्स, केन्या, भुटान, अमेरिका, फिलिपिन्स, थाइल्यान्ड, दुबई र सेसेल्स गरी १२ देशमा १६९ वटा तारे होटलहरू छन्।

— कोरोनाले होटल क्षेत्रमा ल्याएको भयंकर अनिश्चितता चिरेर अघि बढेका राहुलको मनोबल बढेको छ। अब उनले नयाँ लक्ष्य तय गरेका छन्– दुई वर्षमा होटलको संख्या २०० पुर्‍याउने, अनि आफ्नो कम्पनीलाई नेपालको होटल क्षेत्रको पहिलो एक अर्ब डलरको कम्पनी बनाउने। -चेतना गुरागाई/सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖