• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

दमकमा ‘अश्लील हर्कत’ देखाएका उपसचिव डमरुप्रसादलाई नै आकर्षक अड्डा


  • धनकुटा खबर
  • .

काठमाडौ –एक महिलासँग दमकमा अश्लील क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका उपसचिव डमरुप्रसाद निरौलालाई भूमि व्यवस्था मन्त्रालयले आकर्षक अड्डाको जिम्मेवारी दिएको छ । मन्त्रालयले उनलाई पर्सा मालपोत कार्यालयको प्रमुखको जिम्मेवारी दिएको हो ।

प्रशासन समूहका कर्मचारीहरू पर्सा मालपोत कार्यालय जान मरिहत्ते गर्ने गरेका कारण यसलाई आकर्षक मानिन्छ । सुरुमा विवादित उपसचिवलाई पर्सा मालपोतमा पठाउन भूमि व्यवस्था सचिव गोकर्णमणि दवाडी तयार थिएनन् । मन्त्रालय स्रोत भन्छ, ‘विवादित उपसचिवलाई सकेसम्म महत्वपूर्ण ठाउँमा नपठाऔँ भन्ने सचिव ज्युको चाहना थियो । तर भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठको पहुँचको कारण उनी पर्सा जान सफल भए ।’

यसअघि निरौला झापा दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा गत साउन १३ गते सरकारी क्वाटरमा एक युवतीसँग अश्लील हर्कत गरेको भिडियो ‘भाइरल’ । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टा भित्र मन्त्रालयमा हाजिरी हुन उनलाई चिठी काटेको थियो ।

मन्त्रालयले केही कुरा बुझ्नु पर्नेछ भन्दै निरौललाई मन्त्रालय बोलाएको थियो । त्यसको करिब ४ महिनासम्म निरौला मन्त्रालमा बसे । मन्त्रालयमा हुँदा उनलाई जिम्मेवारी दिइएको थिएन । यही मंसिरमा उनलाई सामान्यबाट भूमि व्यवस्था मन्त्रालयमा सरुवा गरिएको थियो । भूमि व्यवस्था आउने बित्तिकै उनलाई महत्वपूर्ण जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖