• Tuesday 6th of October 2026

इजरायली क्याबिनेट मन्त्रीका छोरा उत्तरी गाजाको लडाइँमा मारिए


  • धनकुटा खबर
  • .

तेल अभिभ । इजरायली सेनाका पूर्व प्रमुख गाडी आइसेनकोटका छोरा गाजामा भूमिगत अपरेसनका क्रममा मारिएका छन्। आइसेनकोट हाल इजरायलको मन्त्रिपरिषद्मा मन्त्री छन्।

बिहीबार उत्तरी गाजामा २५ वर्षीय मेजर गल आइसेनकोटको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । सुरुङमा विस्फोट हुँदा गम्भीर घाइते भएका उनको अस्पतालमा मृत्यु भएको हो ।

शुक्रबार इजरायली सहर हर्जलियामा मेजर गलको अन्त्येष्टि गरिएको थियो । सो अवसरमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र नेसनल युनिटी पार्टीका नेता बेन्नी गान्ट्ज बाहेक अन्य धेरै शीर्ष अधिकारीहरु उपस्थित रहेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖