• Tuesday 6th of October 2026

हिरासतमा प्यालेस्टाइनी पुरुषहरूलाई निर्वस्त्र पारिएको भिडियोबारे इजरायलले के भन्यो ?


  • धनकुटा खबर
  • .

काठमाडौं । खान युनिस र उत्तरी गाजामा भारी लडाइँको बीचमा, इजरायलले दर्जनौं प्यालेस्टाइनी पुरुषहरूलाई हिरासतमा लिएको भिडियो सोशल मिडियामा देखा परेको छ।

बीबीसीले यो भिडियो फुटेज प्रमाणित गरेको छ, जसमा हिरासतमा रहेका प्यालेस्टिनीहरू नग्न र धेरैजसो अन्डरवियरमा मात्र देखिएका छन्।

उनीहरूलाई भुइँमा बस्न लगाइएको छ र इजरायली सेनाले उनीहरूलाई घेरेको छ । यी मानिसहरूलाई उत्तरी गाजाको बेत लाहियाबाट हेरात लगिएको मानिन्छ। पक्राउ पर्नेमा एकजना चर्चित पत्रकार पनि छन् ।

उनको मिडिया संगठनले इजरायलले आक्रामक खोज अभियान र सर्वसाधारणलाई दुर्व्यवहार गरेको आरोप लगाएको छ।

इजरायली सेना के भन्छ ?
इजरायली सेनाका प्रवक्ता आइलान लेवीले भने ‘यी मानिसहरूलाई हमासको गढ रहेको दाबी गर्ने जबलिया र शेजैयामा हिरासतमा राखिएको थियो।’

प्रवक्ताले भने ‘सैनिक सेवा उमेरका मानिसहरू जो धेरैजसो नागरिकहरूले छाडेको विश्वास गरिएको क्षेत्रहरूमा फेला परेका थिए उनीहरूलाई हिरासतमा लिइएको छ।’

प्रवक्ताको दाबीअनुसार यी मानिसहरूलाई हमाससँग भीषण लडाइँ भइरहेको ठाउँबाट पक्राउ गरिएको हो। तीमध्ये केहीलाई रिहा गरिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖