• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

भोलि शोक बिदा


  • धनकुटा खबर
  • .

पर्सा । पर्साकाे धाेबिनी गाउँपालिकाले आइतबार गाउँपालिका अन्तर्गतकाे शैक्षिक संस्थामा शोक विदा दिएकाे छ ।

धाेबिनी गाउँपालिकाकाे वडा नं.५ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय जगरनाथपुरका वाल विकास सहयोगी शिक्षीका राम्भा देवी रामको निधन भएकाे शाेकमा गाउँपालिकाले मंसिर २४ गते आइतबार शाेक विदा दिएकाे हाे ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख बृजकिशाेर त्रिपाठीले शुक्रबार एक सूचना जारि गर्दै मंसिर १२ गते शिक्षिका रामकाे असामयिक नधिन भएकाे शाेकमा आइतबार १३ औं दिनकाे पुण्य तिथीमा गाउँपालिका अन्तर्गतका सम्पूर्ण शैक्षिक संस्थाहरुमा एक दिन शाेक विदा दिइएकाे जनाएका छन् ।

शिक्षिका रम्माकाे असामयिक निधन प्रति गाउँपालिकाले दु:ख समेत व्यक्त गरेकाे छ ।

३५ बर्षिय रम्भाकाे उपचारकाे क्रममा १० दिन पहिला वीरगंजस्थित तराई अस्पतालमा निधन भएकाे थियाे । स्व. रम्भाकाे दुईटा छाेरा र दुईटा छाेरी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖