• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

माओवादीहरूद्वारा भाजपा नेताको हत्या


  • धनकुटा खबर
  • .

छत्तीसगढ । छत्तीसगढको माओवादी प्रभावित नारायणपुर जिल्लामा संदिग्ध माओवादीहरूले भाजपा नेताको हत्या गरेका छन् । यसअघि माओवादीले फलाम खानीमा भाजपा नेताको भूमिकाको बारेमा चेतावनी जारी गरेको थियो।

बस्तर प्रहरीका प्रवक्ताले भने, ‘शनिबार बिहान करिब ११ बजे, छोटेडोंगर क्षेत्र अन्तर्गत मुन्डटिकारा निवासी कोमल माँझीलाई माओवादीहरूले ‘दलाली’ को आरोपमा बञ्चरो प्रहार गरी हत्या गरेका छन्।’ घटनास्थलमा एउटा पर्चा फेला परेको छ, जसमा आमदेई फलाम खानीमा माँझीको भूमिकाबारे उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार घटनाको विस्तृत विवरण संकलन भइरहेको छ । यसका साथै स्थानीय पुलिस र आईटीबीपीका जवानहरूले पनि क्षेत्रमा खोजी अभियान सुरु गरेका छन्।

यस वर्षको फेब्रुअरीमा माओवादीले छोटेडोंगरमा भाजपाका जिल्ला उपाध्यक्ष सागर साहुको हत्या गरेका थिए। यसबाहेक भाजपाका अन्य दुई नेताको पनि माओवादीले हत्या गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖