• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

१७ बर्षका बालकले पोखराबाट बस चोरेर चितवन पुर्‍याएपछि …


  • धनकुटा खबर
  • .

पोखराको पृथ्वीचोकमा पार्किङ गरी राखेको बस शुक्रबार राति गायब भयो । बस चोरी भएको सूचना प्रहरीकहाँ पुगेपछि खोजतलास तीव्र पारियो । बस सबेरै चितवनमा भेटिएको छ ।

१७ वर्षका बालक आफैले बस चलाएर चितवन लगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ३ को १७ वर्षका बालक रहेका छन् ।

ग१ख ९६३८ नम्बरको बस चोरी भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, मातहत प्रहरी कार्यालय तथा अन्य प्रहरी कार्यालय समेतमा जानकारी गराई खोजतलास गर्दा जिल्ला चितवनमा फेला परेको प्रहरीले बताएको हो ।

चितवन भरतपुर महानगरपालिका वडा नं. ११ आँपटारीमा प्रहरीले चेकजाँच गर्नेक्रममा बालकले चलाउँदै गरेको अवस्थामा बस फेला परेको थियो ।

पक्राउ परेका बालकविरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖