• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

युवतीसँग वडा अध्यक्ष नै होटलमा ‘रङ्गेहात’ भेटिएपछि


  • धनकुटा खबर
  • .

सुनसरीको रामधुनी नगरपालिका–७ का अध्यक्ष समेत रहेका नेकपा एमाले जिल्ला कमिटी सदस्य केशव गौतम निलम्बनमा परेका छन् ।

नेकपा एमाले सुनसरी जिल्ला कमिटीको १० औं बैठकले गौतमलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको हो । उनी शनिवार राति धरानको एक होटलमा परस्त्रीसँग रङ्गेहात भेटिएका थिए । एक विवाहित महिलासँग भेटिएका उनलाई प्रहरीले धरानबाट पक्राउ गरेको थियो ।

गौतमलाई अर्को निर्णय नहुँदासम्मका लागि निलम्बन गरिएको सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीले बताएका छन् । यसैबीच आजको बैठकमा नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्राको विषयमा पनि छलफल भएको थियो । मंसिर २८ गते तेह्रथुमको बसन्तपुरमा हुने जनसभामा सहभागिताका लागि पूर्व तयारी गरिएको एमालेले जनाएको छ ।
-फरक दृष्टि

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖