• Monday 5th of October 2026

मेनुका पौडेललाई केजीएफ निर्देशक प्रशान्त नीलले प्रभासको फिल्म ‘सालार’मा अवसर दिए


  • धनकुटा खबर
  • .

काठमाडौं । इन्डियन आइडलको प्लेटफर्मले धेरैको भाग्य चम्काएको छ। धेरै गायकहरू छन् जसलाई यो प्लेटफर्मले संगीत क्षेत्रमा उच्च स्थान दिएको छ।

अहिले इन्डियन आइडल १४ की चर्चित प्रतियोगी मेनुका पौडेलका लागि यस्तै अवसर आएको छ । मेनुका नेपाली हुन् । मेनुकालाई निर्देशक प्रशान्त नीलले आफ्नो आगामी फिल्म सालारको एउटा गीतका लागि साइन गरेका छन् । यो गीतसँगै मेनुका प्लेब्याक गायनमा प्रवेश गरेकी छिन् ।

इन्डियन आइडलको स्टेजमा यो खुसीको खबर शेयर गरिएको छ । मेनुकाको करियर यसरी फस्टाउँदै गएको देखेर जज र फ्यानहरुको खुशीको सीमा रहेन । स्टेजमा होस्ट हुसैनले मेनुकालाई सालारबाट एउटा गीतको अफर आएको बताए । यो खुसीको खबर थाहा पाएपछि त्यहाँ उपस्थित सबैले ताली बजाउन थाले ।

यो मेनुकाको करियरको लागि ठूलो टर्निङ प्वाइन्ट हो। गायिका श्रेया घोषालले मेनुकालाई बधाई दिएकी छन् । उनले यसलाई ठूलो अफर भनेकी छन् ।

‘सालार : पार्ट १ सिजफायर’ बाहुबली स्टार प्रभासको फिल्म हो। यो डिसेम्बर २२ मा हलमा रिलिज हुँदैछ । यसको निर्देशक प्रशान्तले ब्लकबस्टर फिल्म केजीएफ बनाएका छन् ।

मेनुकाले एक इन्स्टा पोस्टमार्फत सालारका निर्देशक र संगीतकारलाई हृदयदेखि धन्यवाद दिएकी छिन् । साथै इन्डियन आइडलको मञ्चप्रति कृतज्ञता व्यक्त गरेकी छिन् । मेनुका दृष्टिविहीन छिन् । देख्न नसक्ने भएर पनि मेनुकाले आफ्नो गाउने रहर पूरा गरिन् । उनी इन्डियन आइडल १४ को सबैभन्दा बलियो प्रतियोगी हुन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖