• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

१४/१५ वर्षीया दुई छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ


  • धनकुटा खबर
  • .

सिन्धुपाल्चोक । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ परेका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ स्थित कमलादेवी माध्यमिक विद्यायलका दुई शिक्षक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शिक्षकद्वय सुरेन्द्र कोइराला र कविराज पौडेल पक्राउ परेका हुन् । उनीहरुमाथि सोही बिद्यालयमा अध्ययनरत १४/१५ वर्षीया दुई छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप छ ।

पीडित छात्राको जाहेरीका आधारमा गत शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका शिक्षकहरू अहिले प्रहरी हिरासतमा छन्।

विद्यालयमा अध्ययनरत दुई छात्राले जाहेरी दिएपछि पक्राउ परेका उनीहरुलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖