• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

यिनै हुन् इटहरीमा छुरा प्रहारबाट मृत्यु भएका महिला


  • धनकुटा खबर
  • .

ईटहरी उप-महानगरपालिका-१२ हटिया लाईन स्थितमा छुरा प्रहारबाट १ जना महिलाको मृत्यु भएको छ ।

हिजो आईतवार दिउँसो १ बजे स्थानीय २३ बर्षीय गणेश चौधरीले अचानक पछाडीबाट आई धारिलो हतियार छुराले ढाडमा प्रहार गर्दा गम्भिर घाईते भएकी स्थानीय ५० बर्षीया भुमी कुमारी चौधरीलाई उपचारको लागि बिराट टिचिङ हस्पिटल बिराटनगर पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

घटनाबारे सूचना पाए संगै तत्काल खटिएको ईलाका प्रहरी कार्यालय ईटहरीको प्रहरी टोलीले आरोपित गणेश चौधरीलाई दिदिको घरमा लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖