• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

वडा अध्यक्षसँग धरानको होटलबाट “अर्धनग्न “ अवस्थामा रंगेहात पक्राउपछी श्रीमानसँग सम्बन्धविच्छेद


  • धनकुटा खबर
  • .

एक महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा होटलबाट रंगेहात पक्राउ परेका सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष केशव गौतम र महिला छुटेका छन्। शनिवार दिउँसो धरान-१२ को शुभकामना होटलबाट गौतमलाई रंगेहात पक्राउ गरेको हो भने उनी सरकारी गाडीमा आएको इलाका प्रहरी कार्यालय धरानले पुष्टि गरेको छ। गौतमसँग अनैतिक सम्बन्ध राख्ने महिलाका श्रीमानले शङ्का लागेर केही महिना देखि नै श्रीमतीको फलो गर्दै होटलसम्म पुगेका थिए ।

उनकै सूचनाको आधारमा प्रहरीले वडा अध्यक्ष गौतमलाई दिउँसो ३ बजे पक्राउ गरेको हो । श्रीमानले सूचना दिँदा जनप्रतिनिधि नभएको बताएका थिए। यस अघि पनि सो जोडी यही आइरहेको र इटहरीमा पनि होटलमा श्रीमानले प्रमाण सहित फेला पार्दा प्रहरीले जनप्रतिनिधि भएकाले पक्राउ नगरेको स्रोतको भनाई छ।

पक्राउ परेकी महिला सँग लामो समय देखि सम्बन्ध रहेको र सामाजिक सञ्जाल म्यासेन्जर र ह्वाटसपमा विभिन्न च्याट समेत रहेको श्रीमानले बताए। महिलाका श्रीमान् र वडाध्यक्ष बिच घनिष्ठ साथीको सम्बन्ध रहेको र महिला सामान्य गृहिणी नै रहेको श्रीमान् शिक्षक स्रोतको भनाई छ। यो पटकको घटना पछि श्रीमान् पक्ष सम्बन्ध विच्छेद गर्ने भएका छन् ।

नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीका सदस्यसमेत रहेका गौतम २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका हुन् । त्यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमानसमेत उनी वडा अध्यक्ष निर्वाचित भएका थिए । यो उनको दोस्रो कार्यकाल हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖