• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

वायु सेवा निगमका अधिकृत पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा नेपाल वायु सेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले अनलाइनखबरलाई बताए । उनले भने, ‘आज थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरेर ल्याएका छौं ।’

भिजिट भिसामा कामदार पठाउने गिरोहबारे अनुसन्धान गर्दै जाँदा वायु सेवा नियमका अधिकृत पोखरेलको पनि संलग्नता खुलेको एसपी रेग्मीले बताए ।

यो प्रकरणमा प्रहरीले यसअघि कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖