• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यस वर्ष अहिलेसम्मकै चिसो भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस देखिएको हो ।

यसअघि उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसम्म पुगेको थियो । आज त्यसभन्दा पनि तल झरेको हो ।

देशभरको मौसम
पश्चिमी वायुको प्रभावको कारण यतिबेला देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको अवस्था छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा आज हल्का हिमपातकोसमेत सम्भावना छ । तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । जसको कारण तराई मधेशका जिल्लामा चिसो बढेको छ ।

विभागका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ। तराईका भू-भागमा भने दिउँसो मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना छ ।

वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖