• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । अवैध रूपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको सुन जस्तो देखिने धातुसहित त्रिभुवन विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

१ सय ७० ग्राम तौल भएको सुन जस्तो देखिने धातुसहित भारतीय नागरिक ५० वर्षीय जितेन्द्र मूलचन्द बाबालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

एयर अरेबियाको उडानद्वारा सारजाहबाट काठमाडौँ आएका उनको साथबाट टाँक ३ थान, सिक्री १ थान र पत्थर जडित औँठी १ थानमा रहेको उक्त धातुसहित बरामद भएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖