• Monday 5th of October 2026

यस्तो छ प्रभासको ‘सलार’मा मेनुका पौडेलले गाएको गीत


  • धनकुटा खबर
  • .

काठमाडौं : साउथ फिल्मी स्टार प्रभास अभिनित फिल्म ‘सलार’मा नेपालकी मेनुका पौडेलले गाएको गीत सार्वजनिक भएको छ। निर्माता कम्पनी हम्बेल पिक्चर्सले ‘सुरज ही चाहो बन्के..’ बोलको गीत सार्वजनिक गरेकाे हाे ।

मेनुकाले केही दिनअघि मात्रै यो गीत रेकर्ड गरेकी थिइन् । उनले इन्डियन आइडलको मञ्चमा यस फिल्ममा गीत गाएको जानकारी दिएकी थिइन् ।

यो गीतसँगै औपचारिकरुपमा मेनुकाले भारतीय फिल्मको पाश्र्वगायनमा डेब्यु गरेकी छन् । लिरिकल शैलीमा तयार पारिएको गीतमा प्रभास र पृथ्वीराज सुकुमारणलाई चित्रण गरिएको छ ।
रिया मुखर्जीको शब्द रहेको गीतमा रवि बसरुरले संगीत भरेका छन्।

‘केजिएफ’ निर्देशक प्रशान्त नीलले निर्देशन गरेको फिल्ममा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारनलगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖