• Tuesday 6th of October 2026

शिशुको हत्या आरोपमा २० वर्ष थुनामा बिताएकी महिलाको आरोप खारेज


  • धनकुटा खबर
  • .

सिड्नी । क्याथलिन फेलबिगलाई कुनै बेला अष्ट्रेलियाको सबैभन्दा खराब आमाको उपाधि दिइएको थियो ।

आफ्नो चार शिशुलाई मारेको मामिलामा २० वर्षसम्म जेलमा बिताइसकेपछि फेलबिगको बाँकी सजाय जुनमा राज्य सरकारले माफ गरिदियो र उनलाई थुनामुक्त पनि गरियो । बिहीबार न्यू साउथ वेल्सको सर्वोच्च अदालतले फेलबिगललाई जेल सजाय दिन प्रयोग गरिएको प्रमाण भरपर्दो नभएको फैसला गर्‍यो ।

पछिल्लो सुनवाइको फेलबिगले स्वागत गरेकी छिन् । तर आफू निर्दोष भएको प्रमाणलाई दशकौँसम्म बेवास्ता गरिएको र ती प्रमाणहरु अवहेलना गरिएको दुखेसो उनको थियो । बालबालिकाहरु कहिलेकाहीँ अचानक, अनपेक्षित र हृदयविदारक रुपमा मर्न सक्छन् भन्ने तथ्यलाई स्वीकार गर्नुभन्दा न्याय प्रणालीले आफूलाई दोष लगाउन रुचाएको बिहीबार अदालतबाहिर फेलबिगले भनिन् । उनको मामिलालाई अष्ट्रेलियाको न्याय इतिहासको सबैभन्दा ठूलो गर्भपात भनिएको छ ।

सन् १९८९ देखि १९९९ को बीचमा फेलबिगको चार सन्तानको अचानक मृत्यु भयो । मृत्युको बेलामा उनीहरुको उमेर १९ दिनदेखि १८ महिनाको थियो । फेलबिगले आफ्नो सन्तानको मुख थुनेर मारेको अभियोजनकर्ताहरुको आरोप थियो ।

फेलबिगको डायरीमा पाइएको परिस्थितिजन्य प्रमाणमा मुद्दालाई आधारित गरिएको थियो । डायरीलाई मनोचिकित्सकले जाँच पड्ताल पनि गरेनन् । सन् २००३ मा उनलाई चार सन्तानको हत्या मामिलामा ४० वर्षको जेल सजाय सुनाइयो । पुनरावेदन अदालतले पछि सजाय घटाएर ३० वर्षमा झार्‍यो ।

तर यो वर्षको सुरुमा यस मामिलामा छानबिन भएपछि शिशुहरुमा रहेको दुर्लभ जिन म्युटेशनका कारण उनीहरुको मृत्यु अचानक प्राकृतिक रुपमा भएको हुन सक्ने वैज्ञानिक तथ्य भेटिएपछि उनी दोषी भएकोमा आशंका गर्न थालियो । यस मामिलामा फेलबिगले क्षतिपूर्ति खोज्ने बताइएको छ । तर क्षतिपूर्तिको रकम कति हुने भन्ने चाँहि खुलाइएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖