काठमाडौं । बाँके र सिन्धुपाल्चोकमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
नेपालगंज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित पानीको तलाउमा सल्यान कुपिण्डे नगरपालिका-३ बाचकोट बस्ने ६२ वर्षीय तेज बहादुर बिक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४ जंघारेस्थित भिरमा करिब ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
