• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

विवाहको गाडीले जन्तीलाई किचेर मृत्यु


  • धनकुटा खबर
  • .

रुपन्देही । प्यूठानको मल्लरानी गाउँपालिका-३ मा विवाहकै गाडीले जन्तीलाई किच्दा मल्लरानी-३ का वडा सदस्य ५२ वर्षीय दामोदर नेपालीको मृत्यु भएको छ ।

जिल्लाको ऐरावती गाउँपालिकाको बरौलाबाट सदरमुकाम खलंगातर्फ जाँदै गर्दा लु ३ च ६८४७ नम्बरको स्कारिपयोको टायर पन्चर भएर जन्तीलाई नै किचेको थियो ।

घरनजिकै नाँचगान गर्दै दुलही लिन जान तयारीमा रहेको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी पाँचजना घाइते भएका छन् ।

घाइतेहरूको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖