• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रचण्डकी नातिनीको बिहे पाँच तारे होटलमा, १ हजारलाई निम्तो


  • धनकुटा खबर
  • .

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठक विवाहको बिहे आज हुँदैछ ।

विवाह पाँच तारे होटल गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ । उनको विवाह गोरखाका विज्ञानबाबु रेग्मीसँग हुन लागेको हो । उनीहरूबीच मंसिर १२ गते टीकाटालो भएको थियो । आजको विवाह समारोहमा १ हजारभन्दा बढीलाई निम्ता गरिएको छ ।

प्रतिभाले बेलायतबाट उच्च शिक्षा प्राप्त गरेकी हुन् भने विज्ञान स्विट्जरल्याण्डमा बस्दै आएका छन् ।

उनले अक्सफोर्ड विश्वविद्यालयबाट ‘इकोनोमिक डेभलपमेन्ट’ मा स्नातकोत्तर गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖