• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

उडेको चराको दिसा शरीरमा पर्नु शुभ कि अशुभ ?


  • धनकुटा खबर
  • .

काठमाडौं– हामी कुनै कारणवश वा काममा बाहिर निस्किने बेलामा संयोगवश शरीरमा पंक्षीहरुको दिसा पर्याे भने त्यसलाई अशुभ भन्ने गरिन्छ ।

यसको कारण के होला त धेरैलाई यसको बारेमा थाहा नभई पनि यसलाई अशुभ ठानेर डराउने पनि धेरै देखिन्छ । शरीरमा त्यसमा पनि टाउकोमा चराको दिसा पर्नुलाई निकै नै अशुभ मानिन्छ । त्यसरी शरीरमा पंक्षीको दिसा परेको बेला रिस पनि उठ्छ ।

ज्योतिषशास्त्रअनुसार यसरी उडिरहेको चराले मानिसको जिउमा दिशा गर्नुलाई शुभ मानिएको छ ।ज्योतिषशास्त्र संयोगवश चरा चुरुंगीले शरीरमा बिस्ट्याउदा धन लाभ हुने सङ्केत गर्छ । उक्त दिन शुभ समाचार आउने र लामो समय देखि रोकिएर बसेका कामहरू पुरा हुने सङ्केत गरेको भन्ने उल्लेख गरिएको छ ।

चरा आफू गएको दिशातिर जान्छ वा दाहिने दिशातर्फ नगई उल्टो वा देब्रे तर्फ गएको देख्नु भयो भने यात्रा गर्न नहुने तथा अशुभमानिने शास्त्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖